२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा १९ बर्षीय युवकको मृत्यु

फाइल तस्वीर ।

बाँकेमा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, डेन्टल अस्पताल नजिकै रहेको गजेन्द्र भण्डारीको घरको रेलिङ्ग वेल्डिङ्ग गर्ने क्रममा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ का १९ बर्षिय धनबहादुर थारुको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान १०स्३० बजेतिर भण्डारीको घरको रेलिङ्ग वेल्डिङ्ग गरिरहेका थारुलाई एक्कसी करेन्ट लागि घाइते भएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज लैंजादै गर्दा बाटोमानै मृत्यु भएको हो ।