२०७८ मङ्सिर २० गते सोमवार
२०७८ मङ्सिर २० गते सोमवार

थप १३५१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २० हजार नजिक

पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसहित संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

१९ हजार ६२४ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ९२९ जना छन्।

पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।