२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्वीर ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोराना संक्रमित २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाँके कोहलपुरका ५३ वर्षका पुरुष र नेपालगन्जका ४१ वर्षका पुरुष रहेको अस्पतालले जनाएको छ।

योसँगै बाकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।