२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

कर्मचारीमा कोरोना पुष्टिपछि वडा कार्यालय सिल

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ नम्वरको वडा कार्यालय सिल गरिएको छ ।

वडा कार्यालयमा कार्यरत तुलसीपुर ७ निवासी एक महिला कर्मचारीलाई सोमवार कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयलाई ७२ घण्टाका लागी बन्द गरिएको वडा सचिव लोकमणि पोख्रेलले जानकारी दिएका छन् ।

उनका अनुसार मंगलवार देखी विहिवार सम्म वडा कार्यालय बन्द हुने भएको छ । यस अघि उनका श्रीमान्लाई कोरोना संक्रमण देखीएको थियो । त्यसपछि उनले पनि कोरोना आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गएर कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् ।

एकै घरका श्रीमान् श्रीमतीमा संक्रमण पुष्टि भएको हो । वडा कार्यालय कर्मचारीलाई संक्रमण देखीएपछि उनी संग प्रत्यक्ष भेटघाट भएकाको कोरोना परिक्षण गर्नुपर्ने भएता पनि सरकारले लक्षण देखा परेपछि मात्रै परिक्षण गर्न पाईने व्यवस्था ल्याएपछि समस्या परेको अध्यक्ष रानाले बताएका छन् ।