२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

आज विश्व मुटुरोग दिवस, नेपालमा करिब ७५ लाख मुटुरोगी

सांकेतिक तस्वीर ।

नेपालमा मुटुरोगी बढ्दै गएका छन । स्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । आज विश्व मुटुरोग दिवस मनाइरहँदा चिकित्सकहरुले हरेक व्यक्तिले मुटुको स्वास्थ्य जाँच गराउन अनुरोध गरेका छन । आज ‘मन लगाउँ, मुटु बचाउँ’भन्ने नाराका साथविश्व मुटु दिवस मनाइँदैछ ।

मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ । मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै दिर्घ रोग लाग्ने भएकाले खानपिन र जीवनशैलीमा ध्यान दिनुपर्ने उनीहरुको सल्लाह छ ।

सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ औषधि उपचार बापत बेहोर्दै आएको छ । १५ वर्षभन्दा मुनिका बालबालिका तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया निःशुल्क रूपमा गरिरहेको छ ।

विश्वमा हरेक बर्ष एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्दछन । नेपालजस्ताविकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सख्या ८० प्रतिशतभन्दा बढी छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा करिब ७५ लाख मुटुरोगी भएको अनुमान गरिएको छ ।