२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

माटोको ढिस्कोले पुरिँदा १ को मृत्यु, २ घाइते

सांकेतिक तस्वीर ।

स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुर्दा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

वालिङ ११ पेखुको पनेरगैह्रामा आज बिहान गिटी निकाल्ने क्रममा माथिबाट खसेको माटो ढिस्कोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । माटोले पुरिएर गम्भीर घाइते भएकी वालिङ ११ का ३९ वर्षका दुर्गा थापाको उपचारका क्रममा ज्यान गएको हो ।

घाइते भएपछि थापालाई उपचारका लागि ग्रहौं प्राथमिक अस्पताल लगिएको थियो । माटोले पुरिएर घाइते भएका ३५ वर्षकी मुना थापा र ३१ वर्षका नारायणी सिंजालीको उपचार भइरहेको छ ।

मुनाको खुट्टा भाचिएको ग्रहौं प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।