२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोना संक्रमणबाट ४ सय ९१ जनाले ज्यान गुमाए

सांकेतिक तस्वीर ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा दश जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

यससंगै नेपालमा ४ सय ९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैगरी गम्भीर अवस्थाका २ सय १३ जना कोरोना

संक्रमितको आइसीयूमा र ३४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।