२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शान्तिनगर गाउँपालिका असोज १६ गतेसम्म बन्द

दाङको शान्तिनगर गाउँपालिका कार्यालय आगामी शुक्रवारसम्म बन्द हुने भएको छ ।

कार्यालयका १६ जना कर्मचारी र एक जना जनप्रतिनिधिमा समेत कोरोना संक्रमण पुष्टि भएपछि यहि असोज १६ गते सम्मका लागी कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।

यस अघि सोमवार सम्म बन्द रहने जानकारी दिईएको थियो ।

संक्रमणको जोखिम बढेपछि फेरी समय थप गरी शुक्रवार सम्मका लागी बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।