२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

सुन तोलामा पाँच सयले बढयो, चाँदी पनि उकालो लाग्यो

नेपाली बजारमा बुधबार बहुमूल्य पहेँलो धातु सुनको भाउ ५ सय रुपैयाले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ। मंगलबार ९४ हजार २ सय र सोमबार ९३ हजार ३ सयमा किनबेच भएको थियो।

महासंघका अनुसार बुधबार तेजावी सुनको भाउ तोलाको ९४ हजार २ सय रुपैयाँ कायम भएको छ। मंगलबार तेजाबी सुन ९३ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।

बुधबार चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ। महासंघका अनुसार बुधबार चाँदी तोलाको १ हजार १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदीको भाउ तोलाको १ हजार १ सय ७५ रुपैयाँ थियो।