२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

थप १५५९ जनामा कोरोना पुष्टि, १०५७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा ५८२ महिला र ९७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । उनीहरुमध्ये ४९८ जनाको मृत्यु भएको छ, भने ५६ हजार ४२८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १०५७ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २० हजार ८९१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ८०४ होम र १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् ।