२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भारतमा आउँदो १५ तारिखदेखि स्कूल र कलेज पनि खुल्ने

भारतमा आउँदो १५ तारिखदेखि स्कूल र कलेज पनि खुल्ने भएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि चलिरहेको लकडाउनको अन्त्य गर्दै भारतले आउँदो १५ तारिखदेखि स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् ।

१० वर्षमुनिका बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको हो । केन्द्रले अनलाइन कक्षा र दूरी सिकाइ (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ ।