२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

नेपालगन्ज मेडिकल कलेजमा २ जना संक्रमितको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट बिहीबार दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुवेै जना शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । जसमा बाहिरी जिल्लाका ८ जना रहेका छन् ।