२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

एक हप्ताअघि बेपत्ता भएका चौधरीको शव हापुरेको जंगलमा फेला

गत ७ गते बेपत्ता भएका बबई गाउँपालिका वडा नं. ७ झारगजेरीका ७६ बर्षिय कोकन्या चौधरीको एक हप्तापछि शव फेला परेको छ ।

सामान्न किन्न भनि हापुरे बजार गएका चौधरी घर नफर्केपछि परिवार र स्थानीयले खोजी कार्य गर्दा हापुरे जंगलको भिरमा शव फेला परेको हो ।

हापुरे जंगलको भिरको आधा भाग रुखमा अट्किएको अवस्था शव फेला परेको घटनास्थलबाट चौधरीका ज्वाई धर्मराज चौधरीले जानकारी दिए ।

हापुरेदेखि गाउँ जाने बाटो भन्दा फरक ठाउँको भिरमा शव फेला परेकाले अहिले यसै भन्न सकिने अवस्था नभएको घटना स्थल पुगेका ज्वाई चौधरीले बताए ।

चौधरीवको शव फेला परेको जानकारी नआएको र घटना स्थल पुगेका स्थानियलाई सम्पर्क गरी त्यस तर्फ जाने इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहन विक्रम केसीले बताए ।