२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर मृत्यु

फाइल तस्वीर ।

रोल्पामा एक युवाको मोवाईल चार्जमा राखेर भिडियो हेर्दै गर्दा करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्लाको सुनिलस्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ बर्षीय भरत नेपालीको मोवाईल चार्जमा राखेर भिडियो हर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाली विहीवार विहान ११ बजेतिर मोवाई चार्जमा राखेर भिडियो हर्नेक्रममा करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका थिए । उनलाई उपचारका लागि प्यूठान जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिएका छन् ।