२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

आवि सलौरामा स्वास्थ्य सुरक्षा सामग्री सहयोग

दंगीशरण गाउँपालिका–५ स्थित लक्ष्मीनारायण आधारभुत विद्यालय सलौरामा एक युवाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् ।

कोरोना महामारीका कारण ६ महिनापछि शिक्षण सिकाई कक्षा सुरु गरेको विद्यालयमा शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाका लागि नेकपाका युवा नेता प्रेम बुढाले स्वास्थ्य सुरक्षा सामग्री विद्यालयमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

बुढाले सलौरास्थित विद्यालयमै पुगेर विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद आचार्यलाई स्यानिटाइजर, मास्क र हातधुने सावुन हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा दंगीशरण गाउँपालिका–५ का वडाध्यक्ष दीपक गौतम, दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख विनोद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमप्रसाद देवकोटा तथा शिक्षकहरुको उपस्थिति थियो ।