२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

एकैदिन १९ सय ११ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ।

२४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ। यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो।

मन्त्रालयका अनुसार बिहीबार १२ हजार ४४४ जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ३३ हजार ९४७ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार थप ११ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।