२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

सोसोन दाङको अध्यक्षमा श्रीधर शर्मा

सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल (SOSON) दाङ गठन गरिएको छ ।

सामाजिक अध्ययन विष संग सम्बन्धित जिल्ला स्तरमा छरिएर रहेका शिक्षक तथा सरोकारवाला सहितको सम्पन्न जिल्ला स्तरिय जुम बैठकले श्रीधर शर्मा अध्यक्ष रहेको १७ सदस्यीय सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल दाङ शाखा गठन गरेको हो ।

जसको उपाध्यक्ष हिमाल प्रकाश अधिकारी, सचिब प्रदिप चन्द, कोषाध्यक्षमा पवित्रा केसि रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा धन बहादुर पुन, पदम प्रसाद आचार्य, जगत रोका, मनकली बुढा, बिस्णु माया बोहरालाई चयन गरिएको छ । त्यस्तै आमन्त्रीत सदस्यहरुमा भिम बहादुर केसि, राम प्रसाद खनाल, बिनोद कुमार गुप्ता, गङ्गाराम घर्ती, दिपक गौतम, दिपा ओलि, नवराज भण्डारी र लोकबहादुर बुढा रहनुभएको दाङ शाखा सचिव प्रदिप चन्दले जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले राम प्रसाद जैसी सयोजक रहेको पाँच सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसको सल्लाहकार सदस्यमा राजेन्द्र बहादुर बस्नेत र उद्वव न्यौपाने रहनुभएको छ ।

जुम बैठक पद्मोदय पब्लिक नमुना माबी भरतपुरका प्रधानाध्यापक रामप्रसाद जैसीको अध्यक्षता तथा सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टको प्रमुख आतिथ्य मा भएको थियो । उद्वव न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले रास्ट्रीय शिक्षाको १२ वटै उदेश्यसंग सामाजिक अध्ययन विषय सम्बन्धित भएकाले असल नागरिक उत्पादन गर्न यससंग सम्बन्धित ब्यक्ति हरु संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए ।

उनिहरुले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका थिए । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी सोसोनका केन्द्रिय अध्यक्ष बिष्ट, उपाध्यक्ष धुर्वराज थापा, महासचिव ज्ञानबहादुर अधिकरी, कोषाध्यक्ष सुशिला ढकाल, केन्द्रिय सदस्य तथा शाखा बिस्तार समितिका सयोजक दामोदर न्यौपाने, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अमर खड्का लगाएत बोल्नुभएको थियो ।

कार्यक्रमको संचालन सचिव प्रदिप चन्दले गर्नु भएको थियो ।