२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

पाकिस्तानी सेनाको गोली प्रहारबाट ३ भारतीय सैनिकको मृत्यु

जम्मु-कश्मीरको सीमा क्षेत्रबाट पाकिस्तानी सेनाले गोली प्रहार गर्दा तीन भारतीय सैनिक मारिएको स्थानीय मिडियाले जनाएका छन् ।

पाकिस्तानी सेनाको गोली प्रहारबाट भिन्दाभिन्दै स्थानमा यस्तो घटना भएको हो । जहाँ पाँचजना घाइते भएका छन् । यस्तो गोली प्रहारबाट कश्मीरको कुपवान्डास्थित नौगाममा दुईजनाको मृत्यु भयो भने पुन्छ सेक्टरमा एकजना मारिएका थिए ।

यस्तै कुवान्डामा चार र पुन्छमा एक जना घाइते भए । भारतीय सेनाले भने अहिले जवाफी कारवाही गर्न थालेको बताइएको छ । स्थानीय मिडियाका अनुसार पाकिस्तानतर्फ पनि केहीको हताहत भएको छ ।

तर कतिको मृत्यु भयो यकिन छैन । पछिल्लो वर्ष पाकिस्तान र भारतका दुबै देशका सेनाले बारम्बार युद्धविराध उल्लंघन गरेका छन् ।