२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

विभिन्न पार्टी त्याग गरी ३ दर्जन बढी कांग्रेसमा प्रवेश

विभिन्न पार्टी त्याग गरी ३ दर्जन बढीले कांग्रेससमा प्रवेश गरेका छन् । तुलसीपुर वडा नं. १७ मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

वडा नं. १७ का नेपाली काङ्रेसका सभापति लालबहादुर गिरीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङ जिल्लाका सभापति कीतिबहादुर खड्काको प्रमुख आतिथ्यता एवम् संविधानसभा सदस्य राजु खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा बोल्दै नव प्रवेशीहरुले लोकतान्त्रिक शासन व्यवस्थाको कवजमा नेपाली कांग्रेसको विकल्प नरहेकोले आफूले प्रवेश गसरेका बताएका थिए ।

कार्यक्रममा प्रदेश सभा उम्मेदवार भरत न्यौपाने, जिल्ला सदस्य श्याम रेग्मी, क्षेत्र नं. २ का सभापति भूप बहादुर डाँगी, नेपाली कांग्रेस क्षेत्र नं. २ ‘ख’ का सभापति कमल गौतम, तरुण दल दाङका अध्यक्ष टिका घर्ती लगायतले बोलेका थिए ।

कार्यक्रममको सहजीकरण गिरीराज पाण्डेले गरेका थिए ।