२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभाको मिति तय भएको छ । आगामी मंसिर ११ र १२ गते काठमाडौँमा आयोजना गर्नेगरी मिति तय भएको हो ।

महासंघको कार्यकारिणी समितिको बैठकले वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।

यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा श्रव्य दृश्य माध्यमबाट र निर्वाचनका कार्यक्रमहरु काठमाडौमा गर्नका लागि सिफारिस गरेको थियो ।

त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेकोले अवस्था छ ।
सरकारबाट अनुमती लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पुरा गर्ने र अब उपरान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ ।

निर्धारित कार्यक्रम अनुसार गत चैत्रमा हुनुपर्ने साधारणसभा कोभिड–१९ का कारणले तीन तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।