२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

कोरोना संक्रमणबाट पाल्पाका ६० वर्षीय पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पाल्पा रामापुर ७ का कोरोना संक्रमित ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।

असोज १३ गते अस्पताल भर्ना भएका उनको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए।

गौतमका अनुसार उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।