२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

फोर्स गाडीको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाईते

तस्वीर : काँचुलीखबर ।

बाँकेमा फोर्स गाडीले मोटरसाईकललाई ठक्कर दिदाँ श्रीमतीको मृत्यु भएको छ, भने श्रीमान घाईते भएका छन ।

जिल्लाको बैजनाथ गाँउपालिका ५ जिगाँउमा मोटरसाईकललाई यात्रुबहाक फोर्स गाडीले ठक्कर दिएको थियो ।

बिहिबार बेलुका ५ बजेको आसपासमा भएको दुर्घटना मोटरसाईकलमा सवार देबि लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मोटरसाईकल चालक रेशमलाल लम्साल घाईते भएका छन । दुर्घटनालगत्तै दुबै जनालाई उद्धार गरी मेडिकल कलेज कोहलपुर पुर्याइएको थियो । मृतक र घाईते श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने फोर्स गाडी नियनत्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।