२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

एकैदिन २७ सय २२ जनामा संक्रमण पुष्टि, ३३ सय ७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ।

२४ घण्टामा तीन हजार ३०७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र १६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ७६० जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ४८ हजार ६८६ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार थप ११ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।