२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

दाङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार दाङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिबर क्लिनिकमा गरिएको परिक्षण तुलसीपुर, घोराही र लमहीका गरी आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

योसंगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या ११९७ जना पुगेको छ । त्यस्तै दुई जनाको मृत्यु भएको छ ।

जिल्लामा कोरोनाका संक्रिय संक्रमति २१७ जना रहेका छन् । ९७८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।