२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

कोरोना संक्रमणबाट नेपालगन्जकी २५ वर्षिय युवतीको मृत्यु

 

प्रतिकात्मक तस्वीर ।

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराईरहेकी नेपालगन्जकी २५ वर्षिय युवतीको मृत्यु भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कोरोनाबाट युवतीको मृत्यु भएको पुष्टि गरेका छन ।

बाँकेमा बिहिबार मात्र चिकित्सव सहित ३ जनाले कोरोना कै कारण ज्यान गुमाएका थिए ।