२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय २० पुग्यो

सांकेतिक तस्वीर ।

नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको ग्राफ बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार चार महिला र सात पुरुष गरेर शुक्रबार ११ जनाको मृत्यु भएको हो।

शुक्रबार कोरोनाले ज्यान गुमाउनेमा काठमाडौं उपत्यका मात्र पाँचजना छन्। काठमाडौंकी ६७ वर्षीया महिला, भक्तपुरका ५१ र ६१ वर्षीया महिला र ललितपुरका ३२ र ७० वर्षीय पुरुषको मृत्यु भएको हो।

त्यसैगरी मोरङमा २७ वर्षीय पुरुष, मकवानपुरमा ७८, रुपन्देहीमा ६०, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ, भने सुर्खेतमा ७५ वर्षीय महिलाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको हो।

पछिल्लो २४ घण्टामा ३३ सय ७ जनाले कोरोना जितो छन्। योसँगै नेपालमा कोरोना जित्नेको कुल संख्या ६० हजार ६९६ पुगेको छ।