२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

भालुवाङमा जग्गा किनबेच र कित्ताकाट गर्न रोक

प्रदेश ५ को राजधानी तोक्ने निर्णय भएको भालुवाङमा जग्गा किनबेच र कित्ताकाट गर्न रोक लगाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि दाङको राप्ती गाँपालिका पुरै, गढवा गाँउपलिकाको वडा नं. १, २, ३ र अर्घाखाँचीको शितगंगा नगरपालिकाको ८ र ९ नम्बर वडामा जग्गा किनबेच र कित्ताकाट गर्न रोक लगाएको हो ।