२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

रोट्रयाक्टले चुम्यो तरुण कप फुटसलको उपाधी

दाङको तुलसीपुरमा संचालित तरुण कप फुटसल प्रतियोगिता २०७७ को उपाधी रोट्रयाक्ट क्लब तुलसीपुरले हात पारेको छ । नेपाल तरुण दल तुलसीपुर ५ ले आयोजना गरेको प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा पब्लिक ज्ञान ज्योती स्कुल तुलसीपुरलाई ३ का विरुद्ध ६ गोल अन्तरले पाखा लगाउँदै रोट्रयाक्टले उपाधी हात पारेको हो ।

उपाधीसंगै उसले तरुण कप तथा खसी प्राप्त गरेको छ । उपबिजेता बनेको पब्लिक ज्ञान ज्योती सान्त्वनामा चित्त बुझाउन बाध्य भयो । ४ टिमको सहभागिता रहेको प्रतियोगिता लिग प्रणालीमा खेलाईएको थियो, भने सबै खेलहरु तुलसीपुर स्थित द लेजेण्ड फुटसल ग्राउण्डमा भएका थिए ।

यसैबिच प्रतियोगिताको समापन समारोह नेपाल तरुण दल तुलसीपुर ५ का अध्यक्ष सुनिल डाँगिको अध्यक्षता तथा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ का सभापति जगत हादुर खड्काको प्रमुख आतिथ्य एवं काङ्ग्रेस क्षेत्र नम्बर ३ ‘क’ का सभापति घनश्याम ढकालको बिशिस्ट आतिथ्यमा भएको थियो ।

तरुण दल वडा न ९ का अध्यक्ष बिस्णु खत्री को स्वागत रहेको कार्यक्रम मा प्रमुख अतिथी खड्का, बिशिस्ट अतिथी ढकाल दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशिल श्रेष्ठ, नेपाल तरुण दल साविक क्षेत्र नं. ४ का अध्यक्ष रमेश मल्ल, नेबिसघ दाङ जिल्ला सह सचिव जितेन्द्र प्रकाश ओलि, नेविसंघ तुलसीपुर नगर सभापती राजिव पाण्डे, तरुण दल क्षेत्रीय सदस्य सुशील ओलि,बिपि कोइराला युबा नेतृत्व बिकास मञ्च तुलसीपुर ५ का अध्यक्ष यमबहादुर ओलि लगाएतकाले बोल्नु भएको थियो ।