२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ८ सय ४२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एक लाखभन्दा बढी मृत्यु हुने भारत तेस्रो मुलुक बनेको छ । अमेरिकामा कोरोना भाइरसबाट करिब २ लाख ८ हजार जनाको मृत्यु भएको, भने ब्राजिलमा एक लाख ४४ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै शुक्रबार मात्रै भारतमा थप ७९ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझसम्मको तंथ्याकअनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ७३ हजार ५ सय ४४ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ८३.७० प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७५ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म ५४ लाख २७ हजार ७ सय ६ जना निको भएका छन् भने करिब ९ लाख ४५ हजार संक्रिय केस रहेका छन् ।