२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भालुवाङलाई राजधानी बनाउने प्रस्ताव पास गर्ने नेकपा संसदीय दलको निर्णय

प्रदेश ५ सरकारमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले दाङको भालुवाङमा प्रदेशको राजधानी बनाउने सरकारको प्रस्तावलाई पास गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले शुक्रबार दाङको भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गर्दै प्रदेशसभामा प्रस्ताव पेश गरेको थियो। सरकारको सोही प्रस्तावको पक्षमा मतदान गर्न शनिबार ५ घण्टा लामो बसेको नेकपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

शनिबार बिहान ८ बजेदेखि १ बजेसम्म मुख्यमन्त्री निवासमा बसेको बैठकले प्रदेशसभामा निर्वाचित नेकपाका सबै सदस्यहरूले पार्टी र सरकारले गरेको प्रस्तावमा मतदान गर्न निर्देशन गरेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

प्रदेश ५ को स्थायी राजधानी दाङको राप्ती र गढवा तथा अर्घाखाँचीको शितगंगासँग जोडिएको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न सरकारले गरेको प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको उनले बताए।