२०७८ मङ्सिर ३ गते शुक्रवार
२०७८ मङ्सिर ३ गते शुक्रवार

खुल्ला क्रिकेटको उपाधी त्रिसिद्धेश्वरीलाई

खुल्ला क्रिकेट प्रतियोगिता २०७७ को उपाधी त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले हात पारेको छ । स्यालुट नेपाल युवा क्लब तुलसीपुर ९ बेलुवाको आयोजनामा संचालित प्रतियोगितामा सहभागी ९ टिममध्ये अंक तालिकाको शिर्ष स्थानमा रहँदै त्रिसिद्धेश्वरीले उपाधी हात पारेको हो ।

उपाधीसंगै उसले नगद २० हजार तथा कप जितेको छ । स्थानिय स्तरमा क्रिकेट खेलको विकास गर्ने उदेश्यका तुलसीपुर ९ को गौरीचौर खेल आयोजना गरिएको प्रतियोगिता ९ टिमको सहभागिता रहेको थियो ।

यसैबिच सेलुट नेपाल युवा क्लबका अध्यक्ष लक्ष्मण शर्माको अध्यक्षता मा भएको प्रतियोगिता समापन समारोहमा बेस्ट बलर त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लबका स्माईल अन्सारी, बेस्ट ब्याट्सम्यान नोबेल एकाडेमीका सुदिप नेपाली र म्याच अफ सिरिज स्यालुट नेपाल युवा क्लबका युवराज ओलिलाई घोषित गरिएको थियो, भने बिजेता टिम तथा खेलाडीलाई कप, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

सो अबसरमा त्रिसिद्धेश्वरी क्रिकेट क्लबका अध्यक्ष कमल डाँगीले ५ वर्षको कलिलो उमेरमै क्रिकेट खेलाडी बन्ने ईच्छा राखेर ब्याटिङको अद्भुत क्षमता बोकेका तुलसीपुर ९ बेलुवा बस्ने बिमोचन थापालाई क्रिकेट ब्याट र बल प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको संचालन टेवुल टेनिस संघका उपाध्यक्ष अरुण लहरेले गरेका थिए ।