२०७८ मङ्सिर ३ गते शुक्रवार
२०७८ मङ्सिर ३ गते शुक्रवार

दैलेखका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

दैलेखबाट उपचारका लागि कोहलपुर आएका एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेका दैलेख नारायण नगरपालिका ८ का ५१ वर्षिय पुरुषको मृत्यु भएको हो ।

आन्द्राको समस्याका कारण कर्णाली प्रदेश अस्पतालमा भर्ना भई उपचार गरीरहेका ति पुरुषलाई कोरोना संक्रमण देखिएपछि असोज १८ गते कोहलपुर रिफर गरीएको थियो । आन्द्रा फुटेका ति ब्यक्तिको अवस्था जटिल बन्दै गएपछि रोगको प्रकृति अनुसार गर्नुपर्ने सबै उपचार बिधि अपनाउँदा अपनाउँदै बिरामीको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

१८ गते राती १२ः४५ बजे कोहलपुर मेडिकल कलेजमा भर्ना भएका ति पुरुषको आज दिउँसो १ ३५ बजे मृत्यु भएको हो ।