२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

प्रदेश राजधानी बुटवलमा नै कायम गर्नुपर्छ : नेकपा रुपन्देही

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश ५ को स्थायी राजधानी बुटवलमा नै कायम गर्न माग गरेको छ ।

नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी र सचिव नारायणबहादुर जिसीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले ठूलो धनराशि समेत खर्च गरी भौतिक पूर्वाधार निर्माण गरिसकेको अवस्थामा वर्तमान अस्थायी सदरमुकामलाई नै स्थायी राजधानीको रुपमा कायम गर्न आग्रह गरेका हुन् ।

यस्तै नेकपाले प्रदेश सरकारले स्थायी राजधानीका लागि गरेको यो निर्णय संविधानको भावनालाई आत्मसाथ नगरेको भन्दै कोरोना महामारीको अवस्थामा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रस्ताव औचित्यपूर्ण नभएको पनि बताएको छ ।

प्रदेश राजधानी बुटवलमा मै हुनुपर्छ भनेर भइरहेको आन्दोलन स्वभाविक नै रहेको विज्ञप्तिमा जनाइएको छ ।