२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

सुमो ब्याक गर्ने क्रममा सडकबाट खस्दा ३ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

भीमफेदी गाउँपालिका–६, गढीस्थित सिमखोलामा आइतबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

दुर्घटनामा घाइते भएकी झापा जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । य सँगै मृतकको संख्या ३ पुगेको प्रहरीले जनाएको छ । घटनास्थलमै २ जना पुरुषको मृत्यु भएको थियो । उनीहरुको अझै सनाखत हुन सकेको छैन ।

आइतबार दिउँसो करिब साढे १ बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज ४१०६ नम्बरको टाटा सुमो उकालोमा टर्निङ नपुगेर ब्याक गर्ने क्रममा सडकबाट करिब सय मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते अन्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।