२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सल्यानको जंगलमा एक बर्षीय बालक बेवारिसे अवस्थामा फेला

शारदा नगरपालिका–२ माझीको जंगलमा करिब एक वर्षको बालक बेवारिसे अवस्थामा फेला परेका छन्।

बालक खलंगा–श्रीनगर सडकखण्डको माझी पौवाको छहरा नजिक जंगलमा सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले जानकारी दिए।

मर्निङवाकमा गएका स्थानीयहरुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। बच्चा भेटिएको नजिकै बालकको कपडा र एउटा झोला पनि फेला परेको थापाले बताए।

बालकलाई राति जंगलमा छाडेको हुनसक्ने उनको भनाइ छ। बालकलाई उद्धार गरी सल्यान जिल्ला अस्पतालमा राखिएको छ। बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख थापाले बताए।