२०७८ मङ्सिर १ गते बुधवार
२०७८ मङ्सिर १ गते बुधवार

मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु ,एक जना घाईते

सांकेतिक तस्विर

दाङको तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

तुलसीपुर ८ अश्वाराबाट तुलसीपुर तर्फ आउदै गरेको रा ५ प ४७५९ नम्वरको मोटरसाईकल सोमवार राती १२ बजे गहतेखोलामा दुर्घटना हुदा तुलसीपुर ६ गुम्ह्राहचोक निवासी २९ बर्षिय बसन्त भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सोहि दुर्घटनामा परि मोटरसाईकलमा सवार दंगीशरण गाउँपालिका वडा नम्वर ६ श्रीगाउँ निवासी २६ बर्षिय गोविन्द केसी घाईते भएका छन् । मोटरसाईकल गहतेखोला पुलबाट तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।