२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

८ बर्षिय मृगौला पिडित छोराको जिवन बचाईदिन आमाको अपिल

८ बर्षिय मृगौला पिडित छोरा बचाईदिन दाङकी एक आमाले सवैमा अपिल गरेकी छन् ।

दाङ दंगीशरण गाउँपालिका वडा नं. ७ रजपल घर भएकि उमा बिकले आफ्नो आठ बर्षिय छोरा प्रेम विकको जिवन रक्षा गरिदिन दाताहरुसगं अपिल गरेकि हुन । मगंलबार रिपोटर्स क्लब दाङमा पत्रकार सम्मेलनको आयोजना गरि छोराको दुबै मृगोला फेल भएको र आफु सगं उपचार गर्ने समेत आर्थिक रकम नभएको भन्दै सहयोगि दाताहरु सगं सहयोगको अपिल गरेकि हुन ।

ज्ञानज्योति विद्यालय कक्षा ३ मा अध्यनरत प्रेम बिकको दुवै मृगौला फेल भएको छ । जिल्लाका विभिन्न स्थानमा उपचार गराईसकेको र अव काठमान्डौ लैजानु पर्ने भएकाले सहयोगी मनहरुलाई मृगौला पिडित छोराको उपचारमा सहयोग गरिदिन विकको अनुरोध छ । घरको आर्थिक अवस्था कमजोर हुदा छोराको उपचारमा समस्या परेको उनिको भनाई छ ।

ज्ञानज्योति विद्यालय परिवारले १ हजार ४ सय ६० रुपैया सहयोग गरेको छ । दगींशरणका एक स्थानियले ५ सय रुपैया सहयोग गरेका छन् ।
त्यस्तै हाल कुबेतमा रहेकि देबि बिकले सहयोगको अभियान सन्चालन गरेर हाल सम्म ८० हजार रुपैया सहयोग पठाएकि छन । तर त्यो पैसा सबै लकडाउन अबधिभर औषधि उपचारमा खर्च भैसकेको आमाको भनाई छ ।

मृगौला पिडित प्रेम बिक लाई सहयोग गर्न चाहानुहुने रिपोटर्स क्लबको कार्यालय अथबा मोबाईल नम्बर ९८०९७१७६१२ मा सम्पर्क गरिदिनुहुन अपिल गरिएको छ ।