२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्रदेश ५ को प्रदेशसभा बैठक सुरु

प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबार दिउँसो १२ बजेलाई डाकिएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको हो ।

दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक केही समय ढिलो गरिएको सभामुख पूर्णबहादुर घर्तीले बताए । प्रदेशसभामा विपक्षी दलका नेता एवं कांग्रेस संसदीय दलका प्रमुख वीरेन्द्रकुमार कनौडियाले धारणा राखेका छन् ।

अहिले मुख्यमन्त्री शंकर पोखरेलले सभालाई सम्बोधन गरि रहेका छन्। पोखरेलले दाङमा राजधानी लैजानुको कारणबारे प्रदेशसभालाई जानकारी गराउनुका साथै रुपन्देही कपिलवस्तु, नवलपरासीलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानी एवं बुटवल, भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्नेछन् ।