२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

राजधानीको खुशीयालीमा दिप प्रज्वलन गर्न जिल्लावासीलाई आग्रह

फाइल तस्वीर ।

प्रदेशको नाम लुम्विनी र राजधानी दाङको भालुवाङ राख्ने प्रदेशसभाले पारित गरेको खुशीयालीमा जिल्लावासीलाई दिपावली गर्न दाङ प्रादेशिक सरोकार समितिले अनुरोध गरेको छ ।

दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राजधानी बनाउने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई मतले पारित भएपछि सरोकार समितिले आज दिन विशेष दिन भएको भन्दै दाङका १० वटै गाउँपालिकाका १२ वटै मुख्य बजारहरु अनि घरघरमा दिपावली गर्न अनुरोध गरेको हो ।

समितिका संयोजक नारायण भुषाल र सचिव सविन प्रियासले विज्ञप्ति निकाल्दै जिल्लाभर अपरान्ह ५ः३० देखि ६ बजेसम्म दिपावली, दिपप्रज्वलन गर्न अनुरोध गरेका हुन ।

स्थायी राजधानी तोकिएको भन्दै असोज २१ गते विहान हापुरेदेखि भालुबाङसम्मका सबै बजारक्षेत्रहरुमा परिक्रमा गरी दिउँसो भालुबाङमा खुसीयाली सभा गर्ने समेत समितिले जनाएको छ ।