२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

बुटवलमा नदीमा डुबेर २ जना बालकको मृत्यु

रुपन्देहीमा नदीमा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–१५ स्थित दानव नदिमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१५ का ८ वर्षीय डेविट पौडेल र ११ वर्षका शिशिर खनाल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सोमबार साँझ घर बाहिर निस्केका ती दुुबै बालक घर नफर्केपछि राति खोज्ने दानव नदीमा मृत अवस्थामा फेला परेका थिए ।