२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

जिससद्वारा प्रादेशिक राजधानीको स्वागत

जिल्ला समन्वय समिति दाङले प्रदेश नं. ५ को नाम लुम्विनी र राजधानी दाङ देउखुरीको राप्ती उपत्यकामा राख्ने निर्णयको स्वागत गरेको छ ।

मंगलवार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइले प्रदेशसभाको नाम लुम्विनी र प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा बनाउने निर्णय पारित गरेको हो ।

समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेलले विज्ञप्ति निकालेर सवैलाई पायक पर्ने ठाउँमा राजधानी छनोट गरेको हुँदा सो राजधानी छनोट र उक्त प्रक्रियामा भूमिका खेल्ने प्रदेशसभा,मुख्यमन्त्री,सभामुख र प्रदेशसभा सदस्यहरुप्रति धन्यावाद ज्ञापन गरेको उल्लेख गरेको छ ।