२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

दाङको भालुबाङ प्रादेशिक राजधानीको खुशीयालीमा दिप प्रज्वलन

प्रदेश नं. ५ को स्थायी राजधानी दाङको भालुबाङ र प्रदेशको नाम लुम्विनी पारित भएपछि खुशीयालीका साथ दाङका विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।

दाङ शान्तिनगरको रगैंजा, बबईको हापुरेमा खुशीयालीका साथ दिप प्रज्वलन गरिएको हो । शान्तिनगरका विभिन्न संघ संस्था, राजनितिक दल, वडा, उद्योगी, व्यवसायी, स्थानियहरुको पहलमा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनमा वडा अध्यक्ष गिरीराज बस्नेत, उद्योग वाणिज्य संघ शान्तिनगरका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, नेकपाका तोरण सिं ठाडा मगर, नेपाली काङग्रेसका संकर भण्डारी लगायतको सहभागिता रहेको थियो ।

हापुरेमा बबई गाउँपालिका अध्यक्ष भुवेश्वर पौडेलको नेतृत्वमा विभिन्न संघसंस्था, राजनितिक दल, उद्योगी, स्थानियहरुको पहलमा हापुरेमा दिप प्रज्वलन गरिएको हो ।

२९५ को उपधाराको धारा २ बमोजिम शान्तिका अग्रदूत गौतम बुद्धको नामबाट लुम्बिनी प्रदेश नामाकरण दुई तिहाइ बहुमतले पारित भएको छ।

दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको मैदान भागलाई प्रदेश ५ को स्थायी राजधानी पारित गरिएको हो ।