२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

रुपन्देही कांग्रेसद्वारा असोज २० लाई कालो दिन घोषणा

नेपाली कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी राजधानी दाङ तोकेको विरोधमा असोज २० लाई कालो दिन घोषणा गरेको छ ।

रुपन्देहीबासीको हित, मर्यादा र विकासको ढोका थुन्नेगरी प्रदेशको अस्थायी राजधानी भएको स्थानबाट दाङ राजधानी लगिएकाले यस दिनलाई कालो दिने घोषणा गरेको कांग्रेस सचिव रामकृष्ण खाँडले बताए ।

जसअनुसार कांग्रेस कार्यकर्ताहरुले साझ साढे ७ देखि साढे ८ बजेसम्म ब्याक आउट गरेको उनले बताए । ‘यो वर्ष मात्र होइन आउँदा सबै वर्षमा कांग्रेस रुपन्देहीले असोज २० लाई कालो दिनका रुपमा मनाउने छ,’ उनले भने,‘आउँदा चुनावमा प्रदेशमा बहुमत जुटाउने र राजधानी रुपन्देही कायम गराउन पनि लागिरहने छ ।’

राजधानी सरेपनि कांग्रेस रुपन्देहीको विरोध नसकिएको उनले बताए । बुधबार १० बजे बैठक बसेर थप कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।