२०७८ मङ्सिर ४ गते शनिवार
२०७८ मङ्सिर ४ गते शनिवार

पार्टीको नीति, सिद्धान्तमा ह्वीप लाग्छ, कसैको व्यक्तिगत प्रतिष्ठाका लागि ह्वीप लाग्दैन : नेता गिरी

 

नेपाली कांग्रेसमा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले पार्टीको नीति,विचार र सिद्धान्त अनुसार मात्र ह्वीप लाग्ने बताएका छन् । तर, कोही अमूक व्यक्तिको प्रतिष्ठा र अहंमा ह्वीप लागू नहुने उनले बताए ।

प्रदेश ५ को स्थायी राजधानी देउखुरी भालुवाङको पक्षमा मतदान गर्न कांग्रेस प्रदेश संसदीय दलले ह्विप जारी गरेको थियो । त्यसैतर्फ लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

सोमबार नेता गिरिसहितका नेताहरूले देउखुरी प्रदेश राजधानी तोक्ने प्रदेश सरकारको प्रस्ताव आफुहरूले यसअघि उठाएको माग अनुसारनै भएको भन्दै पक्षमा उभिने भन्दै विज्ञप्ति नै जारी गरेका थिए । कांग्रेसका ५ सांसदले स्वविवेकिय निर्णय प्रयोग गरेका थिए ।