२०७८ मङ्सिर १ गते बुधवार
२०७८ मङ्सिर १ गते बुधवार

आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

सांकेतिक तस्वीर ।

गुल्मीमा प्रहरीले आफ्नै बाबुको हत्या गरेर फरार अभियुक्त ‘छोरा’लाई पक्राउ गरेको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ४ बाज बस्ने ६० वर्षका दिलबहादुर बस्नेतको हत्या गर्ने आफ्नै छोरा २६ वर्षका अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारराज पन्तले जानकारी दिए ।

आइतबार साँझ आफ्नै बाबुलाई हत्या गरि फरार रहेका छोरा अनिललाई प्रहरीले इस्मा गाउँपालिकाको वडानम्बर १ को हर्पुकोट स्थित फुपुदिदिकहाँ लुकीरहेका अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पक्राउ परेका युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छोराले घरभित्र कुटपिट गरी घाइते भएका दिलबहादुरलाई थप उपचारको लागि बुटवल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । घाइते अवस्थामा रहेका उनलाई गुल्मी अस्पतालहुँदै पाल्पा प्रवास अस्पतालमा उपचार नभएपछि थप उपचारको लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

घटनामा तत्काल इस्मा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक मोहनलाल अधिकारीको कमाण्डको टोलीले घाईतेको मुख र छातीमा भित्री चोट लागेको अवस्थामा उद्धार गरेका थियो ।