२०७९ असोज २० गते बिहिवार
२०७९ असोज २० गते बिहिवार

घोराहीकी ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर ।

दाङकी कोरोना संक्रमित ३५ वर्षीया महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारार्थ ति महिलाको बुधबार दिउँसो ३ बजे मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका १५ निवासी मृतक महिलालाई असोज १८ गते कोरोना संक्रमण देखिएको थियो । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेको अवस्थामा कोरोना संक्रमण देखिएपछि ति महिलालाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरीएको थियो ।

भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचारकै क्रममा ति महलाको मृत्यु भएको बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

मृतकको शव ब्यवस्थापनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय भईरहेको श्रेष्ठले बताए ।