२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

भारतमा कोरोना संक्रमणबाट १ लाख ५ हजार बढीको मृत्य, ६८ लाख संक्रमित

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८ लाख नाघेको छ । बिहीबार भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ लाख ३५ हजार ६५६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ७८ हजार ५२४ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख पाँच हजार ५२६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९२४ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा ५८ लाख २७ हजार ७०६ संक्रमित निको भइसकेका छन् ।

भारत अमेरिकापछि सबैभन्दा धेरे कोरोना संक्रमित भेटिएको मुलुक हो । अमेरिकामा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघेको छ भने ब्राजिलमा एक लाख ४८ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।