२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तरकारी खेतीको अनुगमण


बबई गाउँपालिका वडा नं. ७ झारगजेरी स्थित जुनतारा कृषि समुहले उत्पादन गरेको तरकारी खेतीको अनुगमण गरिएको छ ।

दलिसेवा सघ दाङ को आयोजना तथा बिकास कोस नर्बेको आर्थिक सहयोगमा संचालित बिभेदमा पारियका समुदायको जिबिकोपार्जन सुधार परियोजना तरकारी खेतीको सयुक्तरुपमा अनुगमन गरिएको हो ।

अनुगमणमा वडा नं. ७ का अध्यक्ष महाविर चौधरी, दलित सेवा संघका छपि परियार, डिएफ नर्वेका योगी कायस्थ, डिडब्लुका लिला विक, सन्तोष चनरा, हिरा वली, सहकर्मी समाजका अम्मर वहादुर ऐर, पुनराम पन्थी, घनश्याम आचार्य लगायतको सहभागीता रहेको थियो ।

अनुगमणका गएका टोलीलाई जुनतारा कृषि समुहका सदस्यहरुले तरकारीको फुल माला तथा थारू परिकार स्वगत गरेका थिए ।