२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

बबईको ६ नं. वडा सिल

कोरोना भाईरसको जोखिम वडा भित्र बढ्दै गएको भन्दै बबई गाउँपालिका वडा नं. ६ सिल गरिएको छ ।

वडा समिति तथा राजनितिक दलका प्रतिनिधिको बैठक बसी आज असोज २३ गते १० बजे देखि आगामी असोज २९ गतेसम्म कोरोना भाईरस बृद्धि हुन नदिन ६ नं. वडा सिल गर्ने निर्णय गरिएको वडा अध्यक्ष राम वहादुर डाँगीले जानकारी दिनुभयो ।

पञ्चकुले बजार क्षेत्र भित्र हालै ३ जना संक्रिय कोरोना भाईरस संक्रमित व्यक्ति रहेको र अन्यलाई संक्रमण बढ्न नदिन वडा कार्यालय, पञ्चकुले बजार क्षेत्र, निजि तथा सामुदायिक विद्यालय बन्द तथा सभा समारोह, खेलकुद कार्यक्रम र जमघट नगर्न सुचना जारी गरिएको छ ।

साथै माक्सको अधितम प्रयोग, सेनिटाईजरको प्रयोग र मिचिमिचि सावुन पानीले हात धुन वडाबासीलाई आग्रह गरिएको छ ।