२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

तुलसीपुर १३ का वडा अध्यक्षको निधन

तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ ।

टाइडफाईड र निमोनियाका कारण केहि दिनदेखि बिरामी भएका अध्यक्ष न्यौपानेको आज साढे १० बजे निधन भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

बिरामी भएका वडाध्यक्ष न्यौपानेलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।

२०७४ मा नेपाली कांग्रेसबाट टिकट पाएका न्यौपाने तुलसीपुर उपमहानगरपालिका–१३ नम्बर वडाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।